इटहरीमा मध्यराति ट्रकले साइकलयात्रीलाई दियो ठक्कर, अस्पताल पुर्‍याउने बित्तिकै मृतक घोषणा

हिमाल प्रेस ११ माघ २०८२ ९:१० | Sunday, January 25, 2026
4
SHARES
इटहरीमा मध्यराति ट्रकले साइकलयात्रीलाई दियो ठक्कर, अस्पताल पुर्‍याउने बित्तिकै मृतक घोषणा

इटहरी- इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोकमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै तीव्र गतिमा आउँदै गरेको बागमती प्रदेश ०१–००४ क ३१८१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा धनकुटा घर भई इटहरी–४ मा बसोबास गर्दै आएका ४५ वर्षीय पूर्णप्रसाद राईको मृत्यु भएको हो ।

घटनास्थलबाट उपचारका लागि प्रहरीको भ्यानमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएपनि शनिवार राति २१ः५४ बजेतिर चिकित्सकले मृत घोषणा गरेका छन्। दुर्घटनापछि स्थानीयले आक्रोश व्यक्त गर्दै चोकमा सवारी आवागमन अवरुद्ध गरेका थिए।

दुर्घटनामा संलग्न ट्रक र चालक जिल्ला बारा, कलैया–१६ का २९ वर्षीय उपेन्द्र यादवलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण ट्रकको तीव्र गति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: ११ माघ २०८२ ९:१० | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast