काठमाडौँ- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएकाहरूमध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार एक जनाको उम्मेदवारी खारेज भएको छ।
माघ ६ गते देशभर ३ हजार ४८७ उम्मेदवारले उम्मेदवारी गराएका थिए। सोमध्ये ५ जना उम्मेदवारीविरुद्ध उजुरी परेको थियो। जसमा एक जना उम्मेदवारी खारेज भएको र अन्य चार जनाको यथावत् रहेको भट्टराईको भनाइ छ।
प्रकाशित: ९ माघ २०८२ १५:३७
प्रतिक्रिया




