आमनिर्वाचनः ४९ जनाले लिए उम्मेदवारी फिर्ता, एक जनाको खारेज

हिमाल प्रेस ९ माघ २०८२ १५:३७ | Friday, January 23, 2026
28
SHARES
आमनिर्वाचनः ४९ जनाले लिए उम्मेदवारी फिर्ता, एक जनाको खारेज

काठमाडौँ- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएकाहरूमध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार एक जनाको उम्मेदवारी खारेज भएको छ।

माघ ६ गते देशभर ३ हजार ४८७ उम्मेदवारले उम्मेदवारी गराएका थिए। सोमध्ये ५ जना उम्मेदवारीविरुद्ध उजुरी परेको थियो। जसमा एक जना उम्मेदवारी खारेज भएको र अन्य चार जनाको यथावत् रहेको भट्टराईको भनाइ छ।

 

प्रकाशित: ९ माघ २०८२ १५:३७ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast