काठमाडौँ- झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह आज पूर्वी पहाडी जिल्ला ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर पुगेका छन्। उनी श्रीपञ्चमीको अवसरमा दर्शन र पूजा गर्न त्यहाँ पुगेका हुन्।
शाह चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको भ्रमणमा रहेका छन्। बिहानै पाथीभरा पुगेर उनले मन्दिरमा पूजा आराधना गरी स्थानीयसँग भेटघाट गरेका छन्।
उनले पाथीभरा दर्शनपछि समर्थकहरूसँग भेटघाट गर्दै आफ्नो चुनावी अभियानलाई सक्रिय रूपमा अगाडि बढाउने योजना बनाएका छन्।
हेर्नुस् तस्बिरहरू

प्रकाशित: ९ माघ २०८२ १०:५६
प्रतिक्रिया




