प्रलोपाका कुन नेता कहाँबाट उम्मेदवार? सूचीसहित

हिमाल प्रेस ८ माघ २०८२ ७:३६ | Thursday, January 22, 2026
प्रलोपाका कुन नेता कहाँबाट उम्मेदवार? सूचीसहित

काठमाडौँ- वैकल्पिक शक्ति दाबी गर्ने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९२ उम्मेदवार उठाएको छ।

प्रलोपाका केन्द्रीय सदस्य रोशन पोखरेलका अनुसार पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्वमन्त्री जनार्दन शर्मा, सुदन किराँती, मनऋषि धिताल, कृष्ण महर्जनलगायत ९२ उम्मेदवार उठाएको हो।

पूर्वप्रधानमन्त्री डा.भट्टराई, उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारबीच एकतापछि प्रलोपा गठन भएको थियो।

खुलेको आँखा चुनाव चिह्न लिएर उनीहरू मैदानमा उत्रिएका छन्। दुर्गा सोब, सन्तोष परियारसहित नेताहरू समानुपातिक सूचीमा छन्।

प्रकाशित: ८ माघ २०८२ ७:३६ | Thursday, January 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast