काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.० डिग्री सेल्सियस देखिएको छ।
आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिले देखिएभन्दा घट्ने सम्भावना हुन्छ।
हिजो बुधबार पनि काठमाडौँको न्यूनतम तापक्रम सुरुवातमा २.५ देखिएकामा पछि आधिकारिक मापनमा ३.४ डिग्री सेल्सियस कायम भएको थियो।
प्रकाशित: ८ माघ २०८२ ६:२६
प्रतिक्रिया




