देश लुटेर कमाउनेहरूको हिसाब गर्नेछु : रवि लामिछाने

हिमाल प्रेस ५ माघ २०८२ १७:३३ | Monday, January 19, 2026
6
SHARES
देश लुटेर कमाउनेहरूको हिसाब गर्नेछु : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट रास्वपा सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन्।

सोमबार जनकपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले अघिल्लो चुनावमा आफूले सबैभन्दा धेरै मत पाएको भन्दै आगामी निर्वाचनमा पार्टीले सबैभन्दा बढी मत पाएर ठूलो पार्टी बन्ने दाबी गरेका हुन्।

केहीले रास्वपा मधेशमा कमजोर रहेको भन्ने गरे पनि अहिले पार्टी मधेशमा समेत बलियो भएको उनले बताए। उनले आफूविरुद्ध अघिल्लो सरकारले धेरै मुद्दा लगाएको भन्दै जनताको मुद्दा बोकेको मान्छेलाई अरू मुद्दाको मतलब भएको धारणा राखे। देशको हितलाई केन्द्रमा राखेकै कारण आफू र बालेन एकै ठाउँमा आएको उनको भनाइ छ।

उनले जेनजी युवाहरूलाई गोली ठोकेको सरकारले लगाएको मुद्दाले आफूलाई फेरि जेलमा पुर्‍याए पनि अब देशले बालेन पाएकाले कुनै चिन्ता नरहेको बताए। लामिछानेले आफूहरू सरकारमा पुगेपछि देश लुटेर कमाएको भ्रष्टाचारको हिसाब गर्ने स्पष्ट पारे।

प्रकाशित: ५ माघ २०८२ १७:३३ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast