माइतीघरमा उखु किसान, मिटरब्याज पीडितलगायतका आन्दोलन हेरेर बस्नुपरेको थियो : बालेन शाह

हिमाल प्रेस ५ माघ २०८२ १६:३२ | Monday, January 19, 2026
24
SHARES
माइतीघरमा उखु किसान, मिटरब्याज पीडितलगायतका आन्दोलन हेरेर बस्नुपरेको थियो : बालेन शाह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयर रहँदा जनताका गम्भीर समस्या समाधान गर्न नसक्दा आफू निरीह बन्नुपरेको बताएका छन्।

सोमबार जनकपुरमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले माइतीघर मण्डलामा उखु किसान, मिटरब्याज पीडितलगायतका समूहले लामो समय आन्दोलन गर्दा पनि स्थानीय सरकार प्रमुख भएर केही गर्न नसकेको अनुभव सुनाए।

‘करिब चार वर्ष म काठमाडौँको मेयर भएँ तर दैनिक माइतीघरमा भइरहेका आन्दोलन हेरेर बस्नुपर्ने अवस्था आयो। उखु किसानदेखि मिटरब्याज पीडितसम्म सडकमा थिए, हामी भने मुकदर्शकजस्तै भयौं,’ उनले भने।

बालेनले मेयरको हैसियतले आफ्ना सीमाहरू रहेको स्वीकार गर्दै संघीय संरचनामा अधिकार र पहुँच कति महत्त्वपूर्ण हुन्छ भन्ने त्यही अनुभवबाट बुझिएको बताए। यद्यपि उनले मेयर हुँदा देशभरका ३५ पालिकामा एम्बुलेन्स सेवा विस्तार गर्न सफल भएको बताए। यही उदाहरण दिँदै संघीय सरकारको नेतृत्वमा पुगे अझ ठूलो काम गर्न सकिने दाबी गरे।

‘स्थानीय तहमा बस्दा धेरै कुरा गर्न सकिएन। तर काठमाडौँमै बसेर ३५ पालिकामा एम्बुलेन्स पुर्‍याउन सकियो भने संघ सरकारमा पुग्दा कति काम गर्न सकिएला?’ भन्दै उनले प्रश्न गरे।

प्रकाशित: ५ माघ २०८२ १६:३२ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast