काठमाडौँमा किड्जीको ‘आई केयर’ कार्यक्रम

हिमाल प्रेस ८ माघ २०७९ १५:४७ | Sunday, January 22, 2023
काठमाडौँमा किड्जीको ‘आई केयर’ कार्यक्रम

काठमाडौँ– एसियाभर फैलिएको प्रि–स्कुल चेन ‘किड्जी’ले बाल सुरक्षासम्बन्धी अभियानको आयोजना गरेको छ। किड्जले बाल दुर्व्यवहारबारे सचेत र शिक्षित बनाउन ‘आई केयर’ अभियानको सुरुवात गरेको हो।

शनिबार काठमाडौँमा आयोजित ‘आई केयर’ कार्यक्रममा उपत्यकाका अधिकांश विद्यालय र प्रि–स्कुलका नेतृत्वकर्ता सहभागी भएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै किड्जीका शिक्षाविद् किङ्स्टन डिसुजाले विद्यार्थीहरूलाई सिकाउँदा उनीहरुको सुरक्षामा पनि उत्तिकै ध्यान दिनुपर्ने धारणा राखिन्।

किड्जीले दुई हजारभन्दा बढी केन्द्रबाट १४ लाख बालबालिकालाई स्कुलका लागि तयार पार्दै आएको छ। त्यसका साथै एक लाखभन्दा बढी शिक्षकलाई तालिमसमेत दिइसकेको छ।

प्रकाशित: ८ माघ २०७९ १५:४७ | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast