अधिवक्ता यज्ञमणि न्यौपाने मोरङ १ बाट उम्मेदवार

हिमाल प्रेस ५ माघ २०८२ ८:०५ | Monday, January 19, 2026
10
SHARES
अधिवक्ता यज्ञमणि न्यौपाने मोरङ १ बाट उम्मेदवार

काठमाडौँ- अधिवक्ता यज्ञमणि न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनेका छन्।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत एक तस्बिर सार्वजनिक गर्दै उनले मोरङ–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार बनेको बताएका छन्।

उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले मलाई मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा संसद्को मनोनयन गरी जिम्मेवारी दिएको छ । प्राप्त जिम्मेवारी र पार्टीले दिएको विश्वासलाई पूर्ण रूपमा पालना गर्दै नागरिक स्तरमा नै गएर पार्टीका एजेन्डालाई स्थापित गर्ने वाचा गर्दछु।’

प्रकाशित: ५ माघ २०८२ ८:०५ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast