बालेनले दिए राजीनामा

हिमाल प्रेस ४ माघ २०८२ १५:३६
14
SHARES
बालेनले दिए राजीनामा काठमाडौँ महानगरका प्रमुख बालेन शाह। फाइल तस्बिर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले राजीनामा दिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा लड्ने तयारी गरेका बालेनले आइतबार पदबाट राजीनामा दिएका हुन्।

बालेनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाएको उनका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईँले जानकारी दिए। उनले संविधानको धारा २१६ को उपधारा ८ बमोजिम उपप्रमुखलाई राजीनामा बुझाएका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बालेनले झापा ५ बाट चुनाव लड्ने तयारी गरेका छन्। यो क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री चुनाव निर्वाचित हुँदै आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका बालेन झापा ५ बाट चुनाव लड्ने निश्चित भएपछि त्यहाँ सचिवालय, निवासलगायतका लागि घर भाडामा लिइएको छ।

मेयर पदबाट राजीनामा दिएसँगै उनी पहिलोपटक बनस्थलीस्थित रास्वपाको पार्टी कार्यालय पुगेका छन्। रास्वपामा आवद्ध भए पनि उनी अहिलेसम्म पार्टी कार्यालय पुगेका थिएनन्।

बालेनको आजै (आइतबार) जनकपुरधाम पुग्ने कार्यक्रम तय छ। रास्वपा सभापति रवि लामिछानेसहित उनी जनकपुरधाम जान लागेका हुन्। रास्वपाले सोमबार जनकपुरधाममा ‘परिवर्तनको उद्घोष’ भन्ने कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम स्थानीय तिरहुतिया गाछीमा आयोजना हुने बताइएको छ। जनकपुरधामको कार्यक्रममा सहभागी भएपश्चात बालेनको झापा पुग्ने कार्यक्रम रहेको बताएको छ।

प्रकाशित: ४ माघ २०८२ १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast