राष्ट्रियसभा सदस्यबाट ककसले दिए राजीनामा?

हिमाल प्रेस ४ माघ २०८२ १३:३१
22
SHARES
राष्ट्रियसभा सदस्यबाट ककसले दिए राजीनामा?

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न राष्ट्रियसभा सदस्यहरूले राजीनामा दिएका छन्। संघीय संसद् सचिवालयले उनीहरूको राजीनामा प्राप्त भएको पुष्टि गरेको छ। नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यको कार्यकाल सकिनु अघि नै राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा उम्मेदवार भएका छन्।

उनी २०७० मा मकवानपुर र २०७४ मा गोरखाबाट प्रतिनिधिसभा निर्वाचन लडेका थिए। २०७६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठले उम्मेदवारी दर्ताको समयभन्दा दुई दिन अगाडि पदबाट राजीनामा दिएका थिए।

वामदेव गौतमले पनि प्रतिनिधिसभा सदस्य बन्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन्। गौतम २०४८ र २०५१ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए भने २०५३ मा गृहमन्त्री बनेका थिए। २०५६ र २०६४ को निर्वाचनमा पराजित भएका उनी २०७० मा बर्दिया १ र प्युठान १ बाट विजयी भएका थिए। २०७४ मा बर्दिया १ बाट पराजित भएपछि उनी राष्ट्रियसभामा पुगेका थिए।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ असोज १ गते उनलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन्। कार्यकाल सकिन लागेपछि उनी पुनः प्रतिनिधिसभा निर्वाचनमा होमिन लागेका हुन्।

भगवती न्यौपानेको राष्ट्रियसभा सदस्यको कार्यकाल पनि आगामी फागुन २० गते सकिँदैछ। कार्यकाल समाप्त हुन एक महिनाअगाडि उनले राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारी गरेकी छन्।

न्यौपाने २०७४ सालको स्थानीय तह निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयर पदमा पराजित भएकी थिइन्। २०७६ मा राष्ट्रियसभा सदस्य निर्वाचित भई झन्डै ६ वर्ष संसद्मा सक्रिय रहिन्।

नारायणकाजी श्रेष्ठ सर्लाही-३, (नेकपा) वामदेव गाैतम बर्दिया-१, (नेकपा) भगवती न्यौपाने तनहुँ-१  (नेकपा एमाले) बाट चुनाव लड्दैछन्।

प्रकाशित: ४ माघ २०८२ १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast