शुक्लागण्डकी हत्या प्रकरणमा एक पक्राउ

हिमाल प्रेस ३० पुष २०८२ ८:२१
4
SHARES
शुक्लागण्डकी हत्या प्रकरणमा एक पक्राउ प्रतिनिधिमूलक तस्बिर।

तनहुँ- तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन्। शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए ।

उक्त प्रकरणमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। पक्राउ परेकाले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेका ती व्यक्ति फोहरमैला प्रशोधन केन्द्र गइरहने प्रहरीले जनाएको छ।

मृत भेटिएका शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरका ५८ वर्षीया देउमाया थापाको सनाखत भएको छभने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० पुष २०८२ ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast