पठन संस्कार र गुणस्तरीय प्रवर्द्धनका लागि प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी इन्डियाबीच समझदारी

हिमाल प्रेस २९ पुष २०८२ १७:१३ | Tuesday, January 13, 2026
60
SHARES
पठन संस्कार र गुणस्तरीय प्रवर्द्धनका लागि प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी इन्डियाबीच समझदारी

काठमाडौँ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र अक्सफोर्ड युनिभर्सिटी प्रेस, इन्डियाबीच नेपालमा पठन संस्कार र गुणस्तरीय प्रवर्द्धनका लागि समझदारी भएको छ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र अक्सफोर्ड युनिभर्सिटी प्रेस, इन्डियाका प्रबन्ध निर्देशक सुकान्त दासबीच सम्झौतापत्रमा हस्ताक्षर आदानप्रदान भएको हो।

सम्झौताअनुसार विश्वसनीय र लोकप्रिय कार्यक्रमको अंगका रूपमा ७० वटा पुस्तकको ‘प्याक’ नेपाली विद्यालयलाई सहुलियतमा उपलब्ध हुनेछ। साथै ती विद्यालयका शिक्षकका लागि अनलाइन तालिम कार्यक्रम पनि सञ्चालन हुनेछ। अक्सफोर्डले प्याब्सनको केन्द्रीय कार्यालयमा स्रोत तथा सिकाइ केन्द्र स्थापनमा सहयोग गर्नेछ।

पठन संस्कृति बढाउन र विश्वस्तरको गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि सोच्ने क्षमता, सिर्जनशीलता, शैक्षिक विकास तथा आजीवन सिकाइका लागि सम्झौता भएकाले यसबाट पाँच हजारभन्दा बढी निजी विद्यालय र त्यहाँका विद्यार्थीहरू लाभान्वित हुने अध्यक्ष अधिकारीले बताए।

प्याब्सनका निवर्तमान अध्यक्ष डिके ढुंगानाले लामो समयको प्रयास र संवादपछि यस प्रकारको सहमति भएको बताए। अक्सफोर्डका प्रबन्ध निर्देशक दासले नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय सहभागिता र महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २९ पुष २०८२ १७:१३ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast