निजी विद्यालयलाई राष्ट्र निर्माणको साझेदारका रूपमा हेरियोस् : प्याब्सन अध्यक्ष अधिकारी

हिमाल प्रेस ८ भदौ २०८३ १०:४६ | Monday, August 24, 2026
निजी विद्यालयलाई राष्ट्र निर्माणको साझेदारका रूपमा हेरियोस् : प्याब्सन अध्यक्ष अधिकारी

काठमाडौँ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीले निजी शिक्षा क्षेत्रलाई व्यवसायका रूपमा नभई राष्ट्र निर्माण, गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना र दक्ष जनशक्ति उत्पादनको साझेदारका रूपमा हेर्नुपर्ने बताएका छन्।

काठमाडौँ जिल्ला प्याब्सनले आयोजना गरेको शिक्षा विधेयक संवाद तथा सुझाव कार्यक्रममा अधिकारीले विद्यालय शिक्षा विधेयकबारे भएको छलफल उपलब्धिमूलक रहेको बताए। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, शैक्षिक क्षेत्रका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको सहभागिताले शिक्षा सुधारका विषयमा अर्थपूर्ण बहस भएको उनले उल्लेख गरे।

कार्यक्रममा निजी शिक्षा क्षेत्रले नेपालको शिक्षा विकासमा पुर्‍याएको योगदानबारे तथ्य र अनुभवका आधारमा छलफल भएको अधिकारीले बताए। उनका अनुसार देशका ३८ प्रतिशतभन्दा बढी विद्यार्थी निजी विद्यालयमा अध्ययनरत छन् भने यस क्षेत्रमा तीन लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। निजी शिक्षा क्षेत्रमा सात खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको उनले बताए।

निजी विद्यालयहरूले गुणस्तरीय शैक्षिक नतिजा, दक्ष जनशक्ति उत्पादन, राज्यको शैक्षिक दायित्वमा सहयोग तथा राष्ट्रिय शिक्षा प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको विषय पनि कार्यक्रममा उठाइएको उनले बताए।

अधिकारीले अधिकारसँगै जिम्मेवारी, गुणस्तरसँगै सामाजिक उत्तरदायित्व र भविष्य उन्मुख शिक्षा प्रणाली निर्माणमा सबै पक्षको साझा भूमिका आवश्यक रहेको धारणा राखे।

कार्यक्रम सफल बनाउन भूमिका खेलेको भन्दै उनले काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्ट, जिल्ला कार्यसमिति र सहभागी सबैप्रति धन्यवाद व्यक्त गरे।

प्रकाशित: ८ भदौ २०८३ १०:४६ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast