गुणस्तरीय शिक्षा र नीतिगत सुधारका एजेन्डामा प्याब्सनको विस्तारित बैठक

हिमाल प्रेस १५ असार २०८३ ११:१३ | Monday, June 29, 2026
8
SHARES
गुणस्तरीय शिक्षा र नीतिगत सुधारका एजेन्डामा प्याब्सनको विस्तारित बैठक

काठमाडौँ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले निजी शिक्षा क्षेत्रका चुनौती, सरकारको शिक्षा नीति र भावी रणनीतिबारे व्यापक छलफल सुरु गरेको छ।

काभ्रेको धुलिखेलस्थित हिमालयन दृश्य रिसोर्टमा जारी केन्द्रीय समितिको विस्तारित बैठकमा देशभरका प्रदेश अध्यक्ष, केन्द्रीय पदाधिकारी, समिति सदस्य तथा खुला सदस्य सहभागी छन्।

बैठकमा निजी विद्यालयको वर्तमान अवस्था, गुणस्तरीय शिक्षाको विस्तार, नीतिगत अन्योल हटाउने उपाय र शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउने विषयमा गहन विमर्श भइरहेको प्याब्सनले जनाएको छ।

सहभागीहरूले शिक्षा प्रणाली सुधारका लागि निजी क्षेत्रलाई राज्यको विकास साझेदारका रूपमा स्वीकार गर्दै स्थिर र लगानीमैत्री नीति आवश्यक रहेको धारणा राखेका छन्।

छलफलका क्रममा विद्यार्थीको गुणस्तरीय सिकाइ, शिक्षकको पेशागत क्षमता अभिवृद्धि, निजी विद्यालयको दीगो सञ्चालन तथा समग्र शिक्षा प्रणालीको सुधारलाई प्राथमिकतामा राखिएको छ।

निजी शिक्षा क्षेत्रको संरक्षण र सुदृढीकरणका लागि संस्थागत एकता र साझा प्रतिबद्धता आवश्यक रहेको निष्कर्षमा सहभागीहरू पुगेका छन्।

प्याब्सन नेतृत्वले शिक्षा कुनै एक क्षेत्रको मात्र सरोकार नभई राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै गुणस्तरीय मानव संसाधन उत्पादन र समृद्ध नेपालको लक्ष्य हासिल गर्न सरकार, निजी क्षेत्र तथा सरोकारवालाबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको जनाएको छ।

प्रकाशित: १५ असार २०८३ ११:१३ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast