गगनको अभिव्यक्तिमा असन्तुष्ट सूर्य थापा, भने : वृद्ध बालाई वृद्धाश्रम धपाएर सम्पति कब्जा हामी गर्दैनौँ

हिमाल प्रेस २९ पुष २०८२ ६:४९ | Tuesday, January 13, 2026
30
SHARES
गगनको अभिव्यक्तिमा असन्तुष्ट सूर्य थापा, भने : वृद्ध बालाई वृद्धाश्रम धपाएर सम्पति कब्जा हामी गर्दैनौँ

काठमाडौँ- नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई बाहिर राखेर विशेष महाधिवेशन आयोजना गरी एमालेलाई गाली गरेको प्रति कटाक्ष गरेका छन्।

कांग्रेस नेताहरूको उक्त गतिविधिलाई संकेत गर्दै थापाले एमालेको चरित्र त्यस प्रकारको नभएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता थापाले ‘नेकपा एमाले वृद्ध बुबालाई अपमानपूर्वक वृद्धाश्रममा धपाएर घर–सम्पत्ति कब्जा गरी ढलीमली गर्न चाहने अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन’ भनेर टिप्पणी गरेका छन्। उनले यस्तो राजनीतिक संस्कारप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याउँदै ‘चेतना भया!’ भन्ने शब्द प्रयोग गरेका छन्।

थापाको यो प्रतिक्रिया नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढ्दै जाँदा सभापति देउवालाई किनारामा राखेर अघि बढ्ने प्रयास भएको आरोपसँग जोडिएको छ ।

उनको अभिव्यक्तिलाई एमालेको आन्तरिक एकता, नेतृत्वप्रतिको सम्मान र राजनीतिक संस्कारको पक्षमा गरिएको स्पष्ट सन्देशका रूपमा लिइएको छ।

हाल कांग्रेसमा विशेष महाधिवेशनको विषयले आन्तरिक बहस चर्किँदै गएको सन्दर्भमा थापाको धारणा सार्वजनिक भएको हो। उनले लेखेका छन्,‘ नेकपा एमाले वृद्ध बालाई अपमानपूर्वक वृद्धाश्रम धपाएर घर सम्पति कब्जा गरी ढलीमली गर्न चाहने अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन।चेतना भया।

प्रकाशित: २९ पुष २०८२ ६:४९ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast