प्रलोपा बागमती अध्यक्ष कृष्ण महर्जन ललितपुर-२ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

हिमाल प्रेस २८ पुष २०८२ १५:५८
96
SHARES
प्रलोपा बागमती अध्यक्ष कृष्ण महर्जन ललितपुर-२ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का बागमती प्रदेश अध्यक्ष कृष्ण महर्जन ललितपुर क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले महर्जनलाई उम्मेदवार सिफारिस गरेको हो। समाजसेवा तथा अपांगता अधिकारको क्षेत्रमा सक्रिय रहँदै आएका महर्जन सूचना प्रविधि (आईटी) क्षेत्रसँग पनि आबद्ध छन्।

कम्प्युटर इन्जिनियर महर्जन लामो समयदेखि राजनीतिमा क्रियाशील रहँदै आएका छन्। सामाजिक समावेशीकरण, प्रविधिमैत्री नीति र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्दै आएका उनी पार्टीभित्र एक सक्रिय र संगठित नेताका रूपमा परिचित छन्।

पार्टीले ललितपुर क्षेत्र नम्बर-२ मा संगठन सुदृढीकरण र वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्न महर्जनको उम्मेदवारी प्रभावकारी हुने प्रलोपा नेताहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast