काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (आइतबार) को तुलनामा थोरै बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस देखिएको हो। आइतबार यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे घटेर आइतबार काठमाडौँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस कायम भएको थियो।
आजको आधिकारिक मापन पनि अहिले सोही समयमा हुनेछ।
प्रकाशित: २८ पुष २०८२ ६:३६
प्रतिक्रिया



