महिला नेतृलाई चेली नभनियोस्, अधिकार दिइयोस् : सांसद सुमना श्रेष्ठ

हिमाल प्रेस ७ माघ २०७९ १५:५३ | Saturday, January 21, 2023
महिला नेतृलाई चेली नभनियोस्, अधिकार दिइयोस् : सांसद सुमना श्रेष्ठ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न आग्रह गरेकी छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो माग राखेकी हुन्।

‘महिला नेतृहरूलाई चेली भनेर बोलाउने होइन, उनीहरूलाई अधिकार दिइयोस्। म यो माग गर्दछु,’ उनले भनिन्, ‘महिला नेतृहरूलाई चेली भनेपछि पुरुषहरूलाई के चेला भन्छौं? त्यसैले महिला नेतृहरूलाई सम्मान र अधिकारको आवश्यकता छ।’

महिलाहरूलाई सम्मान नै गर्ने भए ५० प्रतिशत प्रतिनिधित्व दिन उनले माग गरिन्।

प्रकाशित: ७ माघ २०७९ १५:५३ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast