कांग्रेस विशेष महाधिवेशनको तयारी पूरा

हिमाल प्रेस २६ पुष २०८२ १८:१५
28
SHARES
कांग्रेस विशेष महाधिवेशनको तयारी पूरा

काठमाडौँ- नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले आइतबारबाट सुरु हुने विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

शनिबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै उनीहरुले विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरु काठमाडौँ आइसकेको र व्यवस्थापकीयदेखि अन्य सवै तयारी पूरा भएको जनाएको हो।

विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति र कार्यवाहक सभापतिलाई समेत आमन्त्रणपत्र पठाइएको उनीहरुले जनाएका छन्। विशेष महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने विशेष महाधिवेशन पक्षधरहरुको तर्फबाट कांग्रेस नेता सुवास पोखरेलले जानकारी दिए।

उनले विशेष महाधिवेशन पक्षधरलाई पार्टी सभापति शेरबहादुर देउवाले अपमान गरे पनि उद्घाटन सत्रमा उपस्थित भएर सम्मान गर्ने विश्वास व्यक्त गरे। नेतृत्वले वेवास्ता गर्दा केन्द्रीय समिति र अधिकार सम्पन्न महाधिवेशन प्रतिनिधिहरूको बीचमा अधिकारको लडाईँका निम्ति विशेष महाधिवेशन हुन लागेको उनले बताए।

उनले विधानअनुसार विशेष महाधिवेशन आयोजना गर्ने महाधिवेशन प्रतिनिधिहरुको सर्वोच्चतालाई खोस्ने अधिकार कुनै तहमा नरहेको धारणा राखे।

उनले विशेष महाधिवशेनका कारण पार्टी नफुट्ने भन्दै फुटाउन खोज्नेहरु अल्पमतमा हुने उल्लेख गरे। विशेष महाधिवेशनको बहुमतले गर्ने निर्णयलाई पार्टीका सबै नेता कार्यकताले स्वीकार गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: २६ पुष २०८२ १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast