काठमाडौँ- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधसभा निर्वाचनका लागि आवश्यक तयारी भइरहेको जनाएको छ।
शुक्रबार काठमाडौँमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नमूना मतपत्र छाप्नेदेखि आचारसंहिता कार्यान्वयनका विषयमा आवश्यक तयारी भइरहेको बताएका हुन्।
उनले प्रत्यक्षतर्फको पाँच लाख र समानुपातिकतर्फको पाँच लाख गरी जम्मा दस लाख नमूना मतपत्रहरु छपाइ गरेर सकिएको जानकमारी दिए। नमूना मतपत्र वास्तविक मतपत्रभन्दा सानो र प्रतिकात्मक रुपमा अर्कै चिन्ह राखिएको उनले बताए।
उनले मतदातालाई मतदानको अभ्यास गराउन नमूना मतपत्रको रंग भने यथावत राखिएको उल्लेख गरे। निर्वाचन कार्यक्रम समानुपातिक सूचीलाई मिलाउन समय दिने र मिलाएर कानूनसम्मत बनाएर सूची पेश गर्नका लागि दलका प्रतिनिधिहरुले चासो व्यक्त गरेको उनको भनाइ छ।
उनले निर्वाचन आचारसंहिता पालन गराउने र निर्वाचनको प्रचारप्रसार गर्ने, मतदाता शिक्षा दिने विषयमा आयोगले सामाजिक सञ्जालहरूको सकारात्मक प्रयोगलाई प्रवद्र्धन गर्ने र नकारात्मक प्रयोगलाई नियमन नियन्त्रण गर्ने नीति लिएको जानकारी दिए।
निर्वाचन आयोगले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकहरूलाई सम्पर्क गर्ने काम गरेको र निर्वाचन अभियानमा विगतमा जस्तै सहयोग गर्नको लागि प्रतिवद्धता जनाएको आयोगले जनाएको छ। यसपटक पनि अन्तरजिल्ला मतदान गर्ने व्यवस्था गर्न नसकिएको आयोगको भनाइ छ।



