रहबरले छोडे नेपाली कम्युनिस्ट पार्टी

हिमाल प्रेस २४ पुष २०८२ १६:३२
36
SHARES
रहबरले छोडे नेपाली कम्युनिस्ट पार्टी

काठमाडौँ-मधेश प्रदेशका प्रदेशसभा सदस्य रहबर अन्सारीले नेपाली कम्युनिस्ट पार्टी छोडेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा दिएर उनले पार्टी छोडेको घोषणा गरेका हुन्।

मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनल सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन गरे पनि रोष्ट्रमबाटै विद्रोह गरेपछि रहबर चर्चामा आएका थिए। उनले विद्रोह गरेपछि माओवादी केन्द्रकी अर्की प्रदेश सांसद माला कर्णले समेत विश्वासको मत नदिने घोषणा गरेकी थिइन्।

समर्थन गरेकै दलका दुई जना सांसदले विद्रोह गरेपछि सोनलले विश्वासको मत गुमाएका थिए। उनले सरकार बनाउन र ढाल्नका लागि मात्रै आफू प्रदेश सांसद नभएको जिकिर गरेका थिए।

संसदीय दलको निर्णयविपरित जाँदा पनि रहबरलाई पार्टीलाई कारबाही गरेको थिएन।

साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेकोले आफू यो विरोधाभासको हिस्सा बन्न नसक्ने प्रचण्डलाई बुझाएको राजीनामापत्रमा उनले भनेका छन्।

‘यो गीत अब तपाईँको स्मृतिमा मात्र बाँकी छ, साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ,’ प्रचण्डलाई सम्बोधन गर्दै उनले भनेका छन्,‘म यो विरोधाभासको हिस्सा बन्न सक्दिन। यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दाबाद भन्दै बिदा लिन्छु।’

परिवर्तनका नाराहरू घन्काइए पनि सम्झौता, पद र सुविधाको राजनीतिमात्रै देखिएको रहबरले बताएका छन्।

‘यो पुस्ता, जसले सत्ता होइन, परिवर्तन चाह्यो, तर अन्ततः सम्झौता, पद र सुविधाको राजनीतिमात्रै देख्यो। ती सपना जसका लागि रगत बग्यो, तर, जसको नाममा आज डर, मौनता र अवसरवाद शासन गरिरहेको छ। ती सहिदहरू जसका नाम भाषणमा उच्चारण हुन्छ, तर उनका आदर्श व्यवहारमा कहिल्यै उतारिएनन्,’ उनले भनेका छन्।

प्रकाशित: २४ पुष २०८२ १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast