यी हुन् कांग्रेस विशेष महाधिवेशन व्यवस्थापन उपसमिति संयोजकहरू

हिमाल प्रेस २३ पुष २०८२ १५:१७ | Wednesday, January 7, 2026
16
SHARES
यी हुन् कांग्रेस विशेष महाधिवेशन व्यवस्थापन उपसमिति संयोजकहरू

काठमाडौँ- नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले महाधिवेशन घोषणा गर्दै त्यसको तयारीका लागि जेनजी परिचालनसहित १८ वटा उपसमिति गठन गरेको छ।

विशेष महाधिवेशनलाई प्रभावकारी, समावेशी र व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरिएको हो।

महाधिवेशनमार्फत पार्टीलाई नयाँ दिशा दिनुका साथै संगठन सुदृढीकरण, पुस्तान्तरण र युवा सहभागिता बढाउने उद्देश्य रहेको महाधिवेशन पक्षधरले जनाएका छन्।

विशेष महाधिवेशन व्यवस्थापनअन्तर्गत गठित उपसमितिमा मधु आचार्य, जगदिश नरसिंह के.सी., मनोजमणि आचार्य, श्रीराम लामिछाने, कुशुम थापा मगर, गोविन्द पुडासैनी, मनीष कोइराला, योगेन्द्रमान कर्माचार्य, रमेश धमला, सुबास पोखेल, विमल संग्रौला, प्रतिमा गौतम, डिल्लीराम सुवेदी, वंशलाल तामाङ, डा.अमिता प्रधान, विपिन किरण, सचिन तिमिल्सीना र युवराज पाण्डेय रहेका छन्।

‘पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्नुपर्छ,विधान उल्लंघन गर्ने सुविधा कसैलाई छैन’

प्रकाशित: २३ पुष २०८२ १५:१७ | Wednesday, January 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast