‘पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्नुपर्छ,विधान उल्लंघन गर्ने सुविधा कसैलाई छैन’

हिमाल प्रेस २३ पुष २०८२ १५:०६ | Wednesday, January 7, 2026
12
SHARES
‘पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्नुपर्छ,विधान उल्लंघन गर्ने सुविधा कसैलाई छैन’

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्नुपर्ने र विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि नभएको बताएका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरूले विधानको बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई नभएको बताएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘यो रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो।’ पार्टी केन्द्रले आफ्नो दायित्व बुझ्ने र आयोजनाको स्वामित्व लिने विश्वास पनि विज्ञप्तिमा जनाइएको छ।

उनीहरूले विशेष महाधिवेशन सम्पन्न गर्न १८ वटा उपसमितिहरू बनाएर त्यसका संयोजकहरूको विवरण पनि सार्वजनिक गरेका छन्।

प्रकाशित: २३ पुष २०८२ १५:०६ | Wednesday, January 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast