सुनचाँदीको मूल्य बढ्यो

हिमाल प्रेस २२ पुष २०८२ ११:२० | Tuesday, January 6, 2026
14
SHARES
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ- नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला चार हजार ६ सय रुपैयाँ र मंगलबार तीन हजार एक सय रुपैयाँ गरी दुई दिनमा सुनको मूल्य प्रतितोला सात हजार सात सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा चार हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ९५ रुपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २२ पुष २०८२ ११:२० | Tuesday, January 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast