काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ। क्यानले वर्षभर नै घरेलु र अन्तर्राष्ट्रिय खेल हुने गरी क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको हो।
जसअनुसार २८ घरेलुु प्रतियोगिता हुनेछन् भने ३२ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला र पुरुष टोली सहभागी हुनेछ। यो वर्ष नेपालले महिला टी २० विश्वकपको ग्लोबल छनोट आयोजनादेखि पुरुष टी २० विश्वकपमा सहभागिता जनाउने भएको छ।

प्रकाशित: १९ पुष २०८२ १०:५७
प्रतिक्रिया



