हिमाल हेर्न बेलढुंगामा पर्यटक

हिमाल प्रेस १८ पुष २०८२ १४:२०
6
SHARES
हिमाल हेर्न बेलढुंगामा पर्यटक

बागलुङ- एक दशकअघि सम्म गुमनाम रहेको बेलढुंगा अहिले पर्यटकीय गन्तव्यका रुपमा परिचित भइसकेको छ। प्राकृतिक दृश्यावलोकन स्तम्भका रुपमा चिनिएको बागलुङ र म्याग्दीको सिमानामा रहेको बेलढुंगामा पुग्ने पर्यटकको रोजाइ आँखै अघिको हिमाल पर्न जान्छ।

पहिचान, प्रचार र प्रवर्द्धनसहित स्थानीय जागरुक बनेर बेलढुंगाले चर्चा बटुल्न थालेपछि त्यहाँ पुग्ने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली सिमानामा अवस्थित बेलढुंगामा पुग्ने पर्यटकको रोजाइमा हिमाल पर्ने गरेको छ।

बेलढुंगाबाट सम्मुखमै दर्जनौं हिमालको सुन्दर दृश्यले त्यहाँ पुग्ने पर्यटकलाई मोहित बनाउने गरेको छ। बेलको जस्तै आकृतिमा रहेको अग्लो ढुंगालाई परम्पराकालदेखि बेलढुंगा भनिँदै आएको थियो। उक्त स्थानमा अहिले रेलिङ सहितको फराकिलो पूर्वाधार निर्माण भएको थियो।

नाम सुन्दै आएको मैले आँखैअघि बेलढुंगाबाट हिमाल हेर्न पाउँदा मोहित भएको बागलुङ–९ तित्याङका लालबहादुर थापाले बताए। बेलढुंगाबाट आँखै अगाडि देखिने दर्जन बढी हिमशृङ्खला, हराभरा वनजंगलको मनोरम दृश्य यसको प्रमुख आकर्षणको केन्द्र रहेको थापाको भनाइ छ।

समुद्री सतहदेखि दुई हजार ६१४ मिटरको उचाइमा रहेको बेलढुंगा आफैँमा मनोरम प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ रहेको उनको भनाइ छ।

यहाँबाट नेपालमै एकै पटक धेरै हिमाल देखिने मध्यको ठाउँमा पर्ने स्थानीय गोपाल श्रीसको भनाइ छ। श्रीसका अनुसार रुकुमको पुथा हिमालदेखि धौलागिरि, अन्नपूर्ण, मनास्लुदेखि रसुवाको लाङटाङसम्मको हिमाल देख्न सकिने श्रीसको भनाइ छ।

बेलढुंगाको केही तल देउरालीसम्म मोटरबाटोको पहुँच पुगेको छ। देउराली धुरीबाटबाट झन्डै एक किलोमिटर पदमार्गमार्फत करिब १० मिनेटको यात्रामा बेलढुंगा पुगिन्छ।

प्रकाशित: १८ पुष २०८२ १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast