तत्कालीन समयमा नै आयोगले मागेका विवरणहरू बुझाएको हुँ : एमाले सचिव भट्टराई

हिमाल प्रेस १६ पुष २०८२ ११:४१ | Wednesday, December 31, 2025
12
SHARES
तत्कालीन समयमा नै आयोगले मागेका विवरणहरू बुझाएको हुँ : एमाले सचिव भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव डा.राजन भट्टराईले अघिल्लो निर्वाचनको खर्च विवरण नबुझाएको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएका छन्।

डा.भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निर्वाचन आयोगले मागेका सबै खर्च विवरण तत्कालीन समयमै बुझाइसकेको र सो विषयमा आयोगसँग क्लीयर भइसकेको जानकारी गराएका हुन्।

उनले निर्वाचन आयोगमा खर्च विवरण नबुझाएको भनेर आएका समाचारहरू भ्रामक रहेको उल्लेख गर्दै यस्ता समाचारप्रति ध्यानाकर्षण गराएका छन्।

भट्टराई लेख्छन्, ‘जानकारीको लागिः निर्वाचन आयोगमा अघिल्लो निर्वाचनको खर्च विवरण नबुझाएको भनेर आएको समाचारमा सत्यता छैन। तत्कालीन समयमा नै आयोगले मागेका विवरणहरू बुझाएर क्लीयर गरिसकेको ब्यहोरा जानकारी गराईन्छ।’

डा. भट्टराई २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ–४ का उम्मेदवार रहेका थिए।

प्रकाशित: १६ पुष २०८२ ११:४१ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast