लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य

हिमाल प्रेस १६ पुष २०८२ ११:१०
32
SHARES
लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य

काठमाडौँ- नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ। यससँगै सुनको मूल्य लगातार तेस्रो दिन ओरालो लागेको हो।

मंगलबार प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार थप प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार घटेर प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा किनबेच भइरहेको छ।

यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर प्रतितोला ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय २० रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार ३ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १६ पुष २०८२ ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast