प्रलोपाको समानुपातिक बन्दसूचीमा दुर्गा सोब

हिमाल प्रेस १५ पुष २०८२ ११:४५
24
SHARES
प्रलोपाको समानुपातिक बन्दसूचीमा दुर्गा सोब

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको समानुपातिक बन्दसूचीमा पार्टी अध्यक्ष दुर्गा सोबको नाम राखेको छ।

दलित महिला क्लस्टरबाट सोबको नाम राखिएको सो पार्टीका एक नेताले जानकारी दिए। सोबले राजनीतिसँगै महिला सशक्तिकरण लागि वर्षौंदेखि आवाज उठाउँदै आएकी छन्।

प्रलोपाले सोमबार निर्वाचन आयोगमा बन्दसूची बुझाइसकेको छ। बन्दसूचीमा परेका नामहरू प्रलोपाले सार्वजनिक गरेको छैन।

प्रलोपा स्रोतका अनुसार केही राजनीतिक दलसँगको एकता वा कार्यगत एकतापछि उक्त बन्दसूचीको नाममा हेरफेर हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast