काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको समानुपातिक बन्दसूचीमा पार्टी अध्यक्ष दुर्गा सोबको नाम राखेको छ।
दलित महिला क्लस्टरबाट सोबको नाम राखिएको सो पार्टीका एक नेताले जानकारी दिए। सोबले राजनीतिसँगै महिला सशक्तिकरण लागि वर्षौंदेखि आवाज उठाउँदै आएकी छन्।
प्रलोपाले सोमबार निर्वाचन आयोगमा बन्दसूची बुझाइसकेको छ। बन्दसूचीमा परेका नामहरू प्रलोपाले सार्वजनिक गरेको छैन।
प्रलोपा स्रोतका अनुसार केही राजनीतिक दलसँगको एकता वा कार्यगत एकतापछि उक्त बन्दसूचीको नाममा हेरफेर हुनेछ।
प्रकाशित: १५ पुष २०८२ ११:४५ | Tuesday, December 30, 2025
प्रतिक्रिया




