जनादेश पार्टीले समानुपातिकमा समेटियो जेनजी आन्दोलनमा पीडा भोगेकाको परिवार

हिमाल प्रेस १५ पुष २०८२ ९:३२ | Tuesday, December 30, 2025
134
SHARES
जनादेश पार्टीले समानुपातिकमा समेटियो जेनजी आन्दोलनमा पीडा भोगेकाको परिवार

काठमाडौँ- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरूले समानुपातिकतर्फको आकांक्षीहरूको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। दलहरूले समानुपातिक लिष्ट बुझाउँदा आफ्नो दलमा योगदान पुर्‍याएकादेखि जेनजी आन्दोलनमा होमिएका व्यक्ति समेटेका छन्।

वैकल्पिक शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिभन्दा भिन्न पृष्ठभूमिकालाई प्राथमिकता दिएको छ। यसैबीचमा जनादेश पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूचीमा जेनजी आन्दोलनमा सहिद भएकाका बुबादेखि जेनजी घाइतेसम्म समेटेर निर्वाचन आयोगमा बुझाएको छ ।

सूचीमा जेनजी सहिद श्रेयम चौंलागाईंका बुबा गणेश चौंलागाईं र जेनजी घाइते सञ्जिव सापकोटाको नाम समेटिएको हो ।सूचीमा सहकारी पीडित एवं लघुवित्त पीडितसमेत रहेका छन्। बन्दसूची बुझाउन सोमबार साँझ निर्वाचन आयोगमा पार्टीका अध्यक्ष रमनकुमार कर्ण र केन्द्रीय सदस्यद्वय जस्मिन ओझा र विप्लवी न्यौपाने पुगेका थिए।

बन्दसूचीमा लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलान, दृष्टिविहीन अधिवक्ता रोशनी अधिकारी, वसन्त सहकारी पीडित रिता भट्टराई, लघुवित्त पीडित मनिराम ज्ञवाली, कृष्णबहादुर तामाङ, निमा शेर्पा, बिनु यादवलगायत ११० जना रहेका छन्। जनादेशले आगामी निर्वाचनमा आम जनता पार्टीसँग तालमेल गर्न लागेको छ। समानुपातिक सूची पनि दुवै पार्टीले बाँडफाँटका आधारमा तय गरेको हो।

प्रकाशित: १५ पुष २०८२ ९:३२ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast