जस्मिन ओझाले छाडिन् जनादेश पार्टी

हिमाल प्रेस ३१ वैशाख २०८३ ७:३५ | Thursday, May 14, 2026
जस्मिन ओझाले छाडिन् जनादेश पार्टी

काठमाडौँ- जेनजी अभियन्ता जस्मिन ओझाले जनादेश पार्टी छाडेकी छन्। सहमहामन्त्रीको जिम्मेवारीमा रहेकी ओझा अब सोही पार्टीको साधारण सदस्य समेत नरहने घोषणा गरेकी छन्।

‘ म आफू आवद्ध रहेको जनादेश पार्टी नेपालसँगको यात्रा यहीँबाट टुंगिएको जानकारी गराउन चाहन्छु । जेनजी आन्दोलनपछि स्थापना भएको यो पार्टीले नयाँ पुस्ताको आशा बोकेको थियो । परिवर्तन सम्भव छ भन्ने विश्वाससहित म पनि यस यात्रामा जोडिएकी थिएँ ।’ उनले भनेकी छन्। जनादेश पार्टी जेनजी आन्दोलनपछि गठन भएको हो। तर निर्वाचनमा अपेक्षाकृत नतिजा हासिल गर्न सकेन।

‘समयसँगै मैले महसुस गरेँ केवल नयाँ अनुहार र नाराले राजनीति बदलिँदैन । स्पष्ट विचार, नीति, जिम्मेवारी र जनताप्रतिको प्रतिबद्धता बिना परिवर्तन सम्भव हुँदैन । धेरै आत्ममन्थनपछि मैले यो यात्रा यहीँ अन्त्य गर्ने निर्णय लिएकी हुँ । यो निर्णय कुनै आवेग वा व्यक्तिगत स्वार्थबाट आएको होइन ।’ ओझाले भनेकी छन्। आगामी राजनीतिक बाटोबारे ओझाले खुलाएकी छैनन्।

प्रकाशित: ३१ वैशाख २०८३ ७:३५ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast