काठमाडौँ- वैकल्पिक शक्ति मिलेपछि जेनजी अभियन्ता रक्षा बमले खुसी भएको भावमा कविता सेयर गरेकी छन्।
कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी, बालेन्द्र शाह ‘बालेन’ र रास्वपा एक भएपछि अभियान्ता बमले पारिजातको कविता सेयर गर्दै ‘होस गर्न पर्छ यतिखेर निर्धाका मुटु निचोर्नेहरूले, शक्तिशालीका मुटु निचोर्ने हातहरू, यता पनि तयार छन्, एकपछि अर्को लस्कर लागेर।’ लेखिएको कविता सेयर गर्दै खुसी व्यक्त गरेकी छन्।
यसअघि बालेन शाहसँगको बैठकमा सल्लाह दिन उनी पनि पुगेकी थिइन्। भेटपछि वैकल्पिक शक्ति एक हुनुपर्ने बमको जोड थियो।

प्रकाशित: १५ पुष २०८२ ८:५१ | Tuesday, December 30, 2025
प्रतिक्रिया



