रक्षा बमले उठाइन् गगन थापाको मौनतामाथि गम्भीर प्रश्न

हिमाल प्रेस ६ वैशाख २०८३ ६:२७ | Sunday, April 19, 2026
12
SHARES
रक्षा बमले उठाइन् गगन थापाको मौनतामाथि गम्भीर प्रश्न

काठमाडौँ- जेनजी अभियन्ता रक्षा बमले नेपाली कांग्रेसका सभापति गगन थापाको मौनतामाथि गम्भीर प्रश्न उठाएकी छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले वर्तमान सरकारको कार्यशैली र त्यसमा प्रतिपक्षको भूमिका कमजोर देखिएको भन्दै गगनको खोजी गरेकी हुन् ।

अभियन्ता बमले झन्डै दुई तिहाइको सरकारले शक्तिको आडमा जनतामाथि दमन गरिरहेको आरोप लगाएकी छन् ।

पछिल्ला केही घटनाहरूलाई उद्धृत गर्दै उनले प्रहरीले एक महिलाको घाँटी निमोठ्दै गरेको भिडियो, डोजरले घर भत्काउँदा बच्चा च्यापेर रोइरहेकी आमाको तस्बिर र व्यापारीहरूमाथि भइरहेको लाठी प्रहारका घटनाले सर्वसाधारणलाई मर्माहत बनाएको उल्लेख गरेकी छन् ।

यस्ता गम्भीर मानवीय मुद्दाहरूमा पनि संसद्को दोस्रो ठूलो दलका सभापति थापा किन मौन रहेको भन्दै उनले प्रश्न गरेकी छन् ।

‘तपाईंले भन्दै आएको सुध्रिएको कांग्रेस वा नवीन कांग्रेस भन्ने कुरा सत्ता हातमा हुँदा मात्र देखाउने योजना थियो र? बमको प्रश्न छ । नेता जुनसुकै पक्षमा भए पनि अन्ततः जनताको पीडा र मुद्दा बोक्नुपर्नेमा उनले जोड दिएकी छन् ।

जनताको घाँटी निमोठ्ने छुट कसैलाई नभएको उल्लेख गर्दै उनले सरकारलाई इतिहास रच्ने म्यान्डेट प्राप्त भएको तर अहिलेका कार्यहरू इतिहासबाट खस्ने खालका भएको टिप्पणी गरेकी छन् ।

प्रकाशित: ६ वैशाख २०८३ ६:२७ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast