रास्वपामा रविपछिको वरीयतामा कुलमान, अनि बालेन र डीपी

हिमाल प्रेस १५ पुष २०८२ ६:४७ | Tuesday, December 30, 2025
40
SHARES
रास्वपामा रविपछिको वरीयतामा कुलमान, अनि बालेन र डीपी पुस १४ गते रास्वपासँग एकीकरणको सहमति भएपछि रास्वपाका नेता गणेश पराजुली, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, उज्यालो पार्टीका कुलमान घिसिङ र रास्वपाका सभापति रवि लामिछाने। कुलमान शनिबार रास्वपाबाट बाहिरिएका छन्।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कुलमान घिसिङ प्रवेश गरेसँगै वैकल्पिक मानिएका शक्तिबीच एकता सम्पन्न भएको छ। यो सहमति सँगै रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ अन्तत: एक ठाउँ उभिएका छन्।

सोमबार हस्ताक्षर भएको सहमतिको चौथो बुँदा अनुसार रास्वपामा अब कुलमानसहित तीन उपसभापति रहने छन्। सहमतिमा वरीयताबारे केही उल्लेख छैन। तर कुलमानको नाम सबभन्दा अगाडि छ। उनीपछि डिपी अर्याल र त्यसपछि तेस्रोमा स्वर्णिम वाग्लेको नाम छ।

यसअघि दुई जना मात्र उपसभापति हुँदा वरियतामा डिपी सबभन्दा अगाडि र त्यसपछि स्वर्णिम वाग्ले थिए। ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने, सहमतिको बुँदा नम्बर ४ मा उल्लेख छ।

सोमबार राति भएको सहमतिमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र कुलमानका तर्फबाट उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्। बालेन साक्षी बसेका छन्।

प्रकाशित: १५ पुष २०८२ ६:४७ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast