इटहरीमा ज्वाइँले गरे सासूको हत्या

हिमाल प्रेस १४ पुष २०८२ १७:५९ | Monday, December 29, 2025
38
SHARES
इटहरीमा ज्वाइँले गरे सासूको हत्या

इटहरी- सामान्य घरायसी विवादले उग्र रूप लिँदा इटहरीमा ज्वाइँले सासूको हत्या गरेका छन्।

भोजपुरको दिङ्ला नगरपालिका-८ घर भएकी ५६ वर्षीया पविमाया वयलकोटी उपचारका लागि करिब एक सातादेखि इटहरी उपमहानगरपालिका-९, बीपी चोकस्थित छोरीज्वाइँकोमा बस्दै आएकी थिइन्।

सोही क्रममा आइतबार राति ८ः१५ बजेतिर वयलकोटी र उनका ज्वाइँ ४० वर्षीय गणेश साह गुप्ताबीच सामान्य घरायसी विषयमा विवाद भएको थियो।

मोरङको बेलबारी नगरपालिका-७ स्थायी घर भई हाल सुनसरीको इटहरी-९, बीपी चोकमा बस्दै आएका गुप्ताबीच सामान्य विवादका क्रममा उनले सासूलाई पानी तान्ने ट्युवेलको हेण्डल प्रयोग गरी टाउकोमा प्रहार गरेको प्रहरीको भनाइ छ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार घटनामा गम्भीर घाइते भएकी वयलकोटीलाई तत्काल उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज टिचिङ अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा राति करिब ८ः४५ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि फरार गुप्तालाई इटहरी उपमहानगरपालिका-९, विराटनगर लाइन क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका गुप्तालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ पुष २०८२ १७:५९ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast