‘झरीपछिको इन्द्रेणी’ ले ९ दिनमा कमायो ६२ लाख

हिमाल प्रेस १४ पुष २०८२ १२:१४ | Monday, December 29, 2025
8
SHARES
‘झरीपछिको इन्द्रेणी’ ले ९ दिनमा कमायो ६२ लाख

काठमाडौँ- फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले प्रदर्शनको ९ दिनमा ६२ लाख कमाएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको साप्ताहिक बक्स अफिस रिपोर्टअनुसार फिल्मले ६२ लाख कमाउन सफल भएको हो।

रिपोर्टअनुसार पुस १२ सम्म फिल्मले ६२ लाख ६९ हजार ४ सय ७५ रुपैयाँ कमाउन सफल भएको छ। फिल्म हलमा चलिरहेकाे छ।

फिल्म अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको हाे। उनीसहित फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: १४ पुष २०८२ १२:१४ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast