घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस १४ पुष २०८२ ११:४२ | Monday, December 29, 2025
34
SHARES
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। हिजाे आइतबार प्रतितोला एक हजार तीन सय रुपैयाँ बढेर हालसम्मै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने सामान्य घटेको हो।

उक्त दिन सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँ घटेको हो। यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ।

आइतबार तोलामा चार हजार आठ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रुपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १४ पुष २०८२ ११:४२ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast