मौका नपाएकालाई समानुपातिक लिस्टमा हाल्दै नेकपा

हिमाल प्रेस १४ पुष २०८२ ७:०४ | Monday, December 29, 2025
12
SHARES
मौका नपाएकालाई समानुपातिक लिस्टमा हाल्दै नेकपा

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची आज बुझाउने तयारी गरेको छ। जिल्लाबाट आएका उमेदवारको सिफारिसलाई प्रदेशले निर्णय गरेर केन्द्रमा पठाएको नेता देव गुरुङले जानकारी दिए।

नेकपाले एउटा जिल्लाबाट एकजना महिला अनिवार्य हुने गरी सूची पठाउन सर्कुलर जारी गरेको थियो। समानुपातिक तर्फ ११० जनाका लागि आकांक्षी धेरै भएकाले नयाँलाई अथवा मौका नपाएका उम्मेदवारलाई यस पटक समेट्ने नेता गुरुङले बताए।

बागमती प्रदेशको समानुपातिक बन्दसूची संकलन कार्यमा लागेका इन्चार्ज गंगालाल तुलाधरले झण्डै सबै सूची आइसकेकाले सोमबार फर्स्ट आवरमा आयोग पुगेर सूची बुझाउने तयारी रहेको बताए।

तुलाधरका अनुसार वाग्मतीमा १९८ जनाले समानुपातिक उमेदवारका लागि आवेदन दर्ता गराएका छन् ।

प्रकाशित: १४ पुष २०८२ ७:०४ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast