सुदन गुरुङले मध्यरातमा भने : रास्वपा-बालेन एकतामा कुलमान नहुनु दु:खद

हिमाल प्रेस १४ पुष २०८२ ६:४०
12
SHARES
सुदन गुरुङले मध्यरातमा भने : रास्वपा-बालेन एकतामा कुलमान नहुनु दु:खद

काठमाडौँ- जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाबीचको एकतामा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ नमिसिनु दु:खद रहेको बताएका छन्।

उनले लेखेका छन्, ‘यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो । यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौँ। तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग देखिनु दुःखद छ । अलग राखिएको हो कि अलग रहन खोजेका हुन्, समयले बताउने छ ।’

उनले थपे, ‘आदरणीय तथा प्रिय सरोकारवाला शक्तिहरूलाई विनम्र अनुरोध छ, कृपया यस अन्तिम क्षणमा पनि हामीलाई कुनै पक्ष लिन बाध्य नपार्नुहोस् । देशलाई विभाजन होइन, एकता आवश्यक छ । त्यसैले स्पष्ट प्रश्न उठ्छ के तपाईँहरू बाँकी रहेका स्तम्भहरूलाई साँच्चिकै एकताबद्ध गर्न चाहनु भएको हो कि केवल भ्रम फैलाइरहनु भएको हो?’

तीन पक्षबिच आइतबार मध्यरातसम्म वार्ता भएपनि पावर सेयरिङलगायतका विषयमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन बनेको थियो । सोमबारसम्म समानुपातिक तर्फको बन्दसूची तयार गर्नुपर्ने कार्यतालिका रहेकाले त्यसअघि नै सहमति जुटाउने प्रयास भइरहेको स्रोतले जनाइएको छ । स्रोतका अनुसार बिहान १० बजेसम्म सहमति जुटाउने लक्ष्यसहित पुनः बैठक बस्ने तयारी छ ।

प्रकाशित: १४ पुष २०८२ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast