चितवनमा हात्ती पूजा गरी खुवाइयो वनभोज

हिमाल प्रेस १३ पुष २०८२ १७:३० | Sunday, December 28, 2025
6
SHARES
चितवनमा हात्ती पूजा गरी खुवाइयो वनभोज

चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८२ को आज अन्तिम दिन हात्ती पूजा गरी हात्तीलाई मन पर्ने परिकारसहित बनभोज खुवाइएको छ।

महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार अन्तिम दिन विशेष रूपमा हात्तीलाई भगवान्को रुपमा पूजन गरिएको हो। धार्मिक गुरुहरूको उपस्थितिमा फूल माला अर्पण गरी हात्तीलाई वनभोजका लागि निमन्त्रणा गरिएको थियो।

पूजापछि हात्तीलाई विभिन्न परिकारहरू खुवाइएको थपलियाले बताए। वनभोजमा कुची, सक्खर, पाउरोटी, उखुलगायत हात्तीलाई मनपर्ने १६ प्रकारका खानेकुरा राखिएको थियो। आजै हात्ती पेनाल्टी प्रतियोगिता पनि सम्पन्न भयो। प्रतियोगितामा लक्ष्मीकली प्रथम हुन सफल भइन्।

प्रकाशित: १३ पुष २०८२ १७:३० | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast