स्वास्थ्य संस्थाहरूको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी संघ

हिमाल प्रेस ११ पुष २०८२ १९:२० | Friday, December 26, 2025
32
SHARES
स्वास्थ्य संस्थाहरूको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौँ- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले स्वास्थ्य संस्थाहरूको गतिविधिप्रति आपत्ति जनाएको छ। सरकारले गरेको निर्णयविरूद्ध स्वास्थ्य संस्थाहरूले गतिविधि गरिरहेको भन्दै संघले आपत्ति जनाएको हो।

सरकारले स्वास्थ्य परीक्षण शुल्कमा गरेको वृद्धि खारेज भइसकेको अवस्थामा केही स्वास्थ्य संस्थाहरूले निर्णयविपरितको काम गरिरहेको संघको भनाइ छ।

संघले शुल्क वृद्धि खारेज गर्ने सरकारको निर्णयलाई अस्वीकार गर्दै केही स्वास्थ्य संस्थाहरूले सेवा बन्द गर्ने, कामदारलाई अन्योलमा पार्ने तथा अनावश्यक दुःख दिने गरेको जनाएको छ। कामदारलाई अनावश्यक दुःख दिने काम आपत्तिजनक, गैरजिम्मोवारपूर्ण र श्रमिकविरोधी भएको संघको भनाइ छ।

संघले शुक्रबार विज्ञप्ति निकालेर स्वास्थ्य संस्थाहरूको यस्तो व्यवहारले श्रमिकहरूको अधिकार, समय, आर्थिक अवस्था तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको जनाएको छ।

स्वास्थ्य संस्थाहरूले उत्प्रेषण आदेश तथा परमादेशको माग गर्दै उच्च अदालतमा रिट दायरको विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र श्रमिक तथा व्यवसायी दुवैको प्रत्यक्ष सरोकार रहने भएकाले संघको तर्फबाट यस मुद्दामा सहभागी हुने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ।

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत पुस ४ गतेको गरेको मन्त्रीस्तरीय निर्णयअनुसार स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धि खारेज भइसकेको छ।

संघले हालै वैदेशिक रोजगार क्षेत्रमा देखिएका चिन्ताजनक घटनाक्रमप्रति गहिरो ध्यानाकर्षण गराएको संघका अध्यक्ष भुवनसिंह गुरुङले बताए।

प्रकाशित: ११ पुष २०८२ १९:२० | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast