काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (मंगलबार) को भन्दा २ डिग्री सेल्सियस बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस देखिएको हो। हिजो यो बेला उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो।
यद्यपि पछि बिहान ८:४५ बजे थप घटेर बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस कायम भएको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे पुनस् मापन गरिन्छ। त्यतिबेला न्यूनतम तापक्रम बिहान ५:४५ बजेको भन्दा घट्ने सम्भावना हुन्छ।
प्रकाशित: १० पुष २०८२ ६:५१
प्रतिक्रिया




