एक वर्षमा जापानिज इन्सेफ्लाइटिसबाट ३५ जनाको मृत्यु

हिमाल प्रेस ७ पुष २०८२ २०:४८ | Monday, December 22, 2025
10
SHARES
एक वर्षमा जापानिज इन्सेफ्लाइटिसबाट ३५ जनाको मृत्यु

काठमाडौँ- जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमण भएको थियो।

यस वर्ष जापानिज इन्सेफ्लाइटिस्का एक हजार ७३९ शंकास्पद बिरामीको परीक्षण गरिएको उनले बताए। जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण एक पटक भएपछि अर्को पटक नभए पनि शंकास्पद बिरामीलाई भने अर्को पटक जापानिज इन्सेफ्लाइटिस् हुन सक्ने उहाँको भनाइ छ।

गत वर्ष सन् २०२४ मा २५ जना जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएका थिए। उनले बर्सेनि जापानिज इन्सेफ्लाइटिस्बाट मृत्युु हुनेको सङ्ख्या बढ्दै गएको बताए। गत वर्ष जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण ८६ जना देखिएको थियो।

सन् २०१४ मा चार जना, सन् २०१७ मा एक जना र सन् २०२३ मा सात जना जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएका थिए। डा. गौतमका अनुसार यस वर्ष तीन वर्षदेखि ८९ वर्षसम्मका मानिसलाई जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो। जापानिज इन्सेफ्लाइटिस्बाट २८ जिल्ला उच्च जोखिममा छन्।

मृत्यु हुने अधिकांश ४० वर्षमाथिका छन्। उनले मृत्यु भएकामध्ये ९ प्रतिशतले खोप लगाएको तथा अन्यले खोप नलगाएको पाइएको बताए।  गौतमले चिसो बढेकोले अब भने जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण कम हुने बताए।

यो रोग विशेष गरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ। नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप लगाइएको छ।

जापानिज इन्सेफ्लाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो। यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ।

धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि प्रजनन स्थल बन्ने हुनाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुन्छ। नेपालमा सन् १९७८ मा पहिलोपटक रुपन्देही जिल्लामा जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो। रासस

प्रकाशित: ७ पुष २०८२ २०:४८ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast