फागुन २१ मा चुनाव हुने आधार देखा परेको छैन : एमाले

हिमाल प्रेस ७ पुष २०८२ १८:२८ | Monday, December 22, 2025
28
SHARES
फागुन २१ मा चुनाव हुने आधार देखा परेको छैन : एमाले

काठमाडौँ- नेकपा एमालेले फागुन २१ गते निर्वाचन हुनेमा विश्वास गर्ने आधार अझै देखापर्न नसकेको जनाएको छ।

निर्वाचन कानुन एवं व्यवस्थापनका विषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलका क्रममा एमाले सचिव महेश बस्नेतले फागुन २१ गते हुनेमा विश्वास गर्ने आधार अझै देखापर्न नसकेको बताएका हुन्।

उनले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने एमालेको निष्कर्ष रहेको सुनाए। पुराना दललाई गाली गरेर निषेध गरेर, स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने उनको भनाइ छ।

उनले सरकारले लोकतान्त्रिक अभ्यास मिचेर अध्यादेश ल्याएको भन्दै आपत्ति जनाए।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता बर्षमान पुनले फागुन २१ को निर्वाचनमा सकारात्मक सहयोग गर्न तयार रहेको भन्दै निर्वाचनलाई धकेल्ने प्रयास नगर्न आग्रह गरे। उनले सबै राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए।

अन्य दलका नेताहरुले वर्तमान सरकारको म्याण्डेड चुनाव भएकाले चुनावलाई असर पर्ने कुनै पनि काम नगर्न ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: ७ पुष २०८२ १८:२८ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast