दक्षिण अफ्रिकामा गोलीबारी, ९ जनाको मृत्यु

हिमाल प्रेस ६ पुष २०८२ २१:१९ | Sunday, December 21, 2025
32
SHARES
दक्षिण अफ्रिकामा गोलीबारी, ९ जनाको मृत्यु

काठमाडौँ- दक्षिण अफ्रिकाको एक मदिरा पसलमा भएको गोलीबारीमा ९ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार जोहानेसबर्गनजिकैको बेकर्सडाल क्षेत्रमा घटना भएको हो।

गोलीबारीमा सात पुरुष र दुई महिलाको मृत्इु भएको प्रहरीले जनाएको छ।

दुईवटा गाडीमा करिब १२ जनाको समूहमा आएका आक्रमणकारी मदिरा पसलभित्र रहेका मानिसहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। ज्यान जोगाउन भागिरहेका मानिसहरूमाथि पनि उनीहरूले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

गोलीबारी आइतबार स्थानीय समयअनुसार बिहान १ बजे भएको थियो।

हत्याको दर उच्च भएको विश्वका देशमध्ये दक्षिण अफ्रिका एक हो। प्रहरी तथ्यांकअनुसार यो वर्ष अप्रिलदेखि सेप्टेम्बरसँग हरेक दिन औसत ६८ जनाको हत्या भएको छ।

प्रकाशित: ६ पुष २०८२ २१:१९ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast