कति छ काठमाडौँको तापक्रम?

हिमाल प्रेस ६ पुष २०८२ ६:३१
10
SHARES
कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (शनिबार) भन्दा आज (आइतबार) घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५।६ डिग्री सेल्सियस देखिएको हो।

शनिबार यो बेला उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस थियो। हिजोभन्दा आज उपत्यकाको न्यूनतम तापक्रम दशमलव २ डिग्री सेल्सियस घटेको हो। यसको अर्थ उपत्यकामा हिजो बिहानभन्दा आज थोरै भए पनि चिसो बढेको छ।

त्यसो त शनिबार बिहान ८:४५ बजे भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको थियो।

प्रकाशित: ६ पुष २०८२ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast