ईश्वर पक्षको भेला : महाधिवेशनका मुद्दालाई निरन्तरता दिने निर्णय

हिमाल प्रेस ५ पुष २०८२ १६:१३ | Saturday, December 20, 2025
40
SHARES
ईश्वर पक्षको भेला : महाधिवेशनका मुद्दालाई निरन्तरता दिने निर्णय

काठमाडौँ- नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरुले उठाएका मुद्दाहरुलाई निरन्तर उठाउने निर्णय गरेको छ।

शनिबार काठमाडौँमा बसेको यो पक्षको भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रिकरणलगायतका मुद्दालाई पार्टीको विधि विधानभित्र बसेर निरन्तर उठाउने निर्णय गरेको एमाले उपसहासचिव योगेश भट्टराईले जानकारी दिए।

पार्टीका विभिन्न तहमा आफ्ना विचारहरुलाई छलफलमा लैजाने उनले बताए। उनले पार्टीको मतपरिणामका कारण विचलित नहुन नेताहरुलाई आग्रह गरिएको र पार्टीलाई थप एकता र सुदृढ बनाउन भूमिका खेल्ने अठोट गरिएको धारणा राखे।

प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनभित्र भएका क्रियाकलापले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको र पार्टी संरचनाको दूरुपयोग भएको भन्दै उनले लोकतान्त्रिक अभ्यासलाई अस्वस्थ बनाउने काम भएकोप्रति चिन्ता व्यक्त गरिएको बताए।

भट्टराईले पार्टीभित्र गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्ने निर्णय गरिएको जानकारी दिए। त्यस्तै उनले पार्टीभित्र कुनै अराजनीतिक बार्गेनिङ नगर्ने स्पष्ट पारे।

प्रकाशित: ५ पुष २०८२ १६:१३ | Saturday, December 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast