विद्यार्थी नेताको मृत्युपछि बंगलादेशमा भड्कियो हिंसा

हिमाल प्रेस ४ पुष २०८२ १७:१०
26
SHARES
विद्यार्थी नेताको मृत्युपछि बंगलादेशमा भड्कियो हिंसा

काठमाडौँ- बंगलादेशका विद्यार्थी नेता सरिफ उस्मान हादीको मृत्युपछि राजधानी ढाकामा हिंसा भड्किएको छ।

उनको निधनको खबर सार्वजनिक भएपछि ढाकाका धानमण्डी, शाहबागलगायतका स्थानहरूमा विरोध प्रदर्शन, तोडफोड र आगजनीका घटनाहरू भएका छन्।

बंगलादेशका अन्तरिम सरकारका मुख्य सल्लाहकार मुहम्मद युनुसले बिहीबार अबेर राति राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई धैर्य राख्न अपिल गरेका छन्।

गत शुक्रबार हादीलाई ढाकाको एक मस्जिदबाट निस्कने क्रममा गोली हानिएको थियो। टाउकोमा गोली लागेका उनको मृत्यु भएको थियो।

बिहीबार राति आक्रोशित भीडले ढाकाका विभिन्न स्थानमा आक्रमण गरे। प्रदर्शनकारीको निशानामा बंगलादेशका दुई प्रमुख पत्रपत्रिकाका कार्यालय पनि परेका छन्।

अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले दैनिक पत्रिका ‘प्रथम आलो’ र ‘द डेली स्टार’ कार्यालयहरूमा भएको आक्रमणका सम्बन्धमा दुवै पत्रिकाका सम्पादकहरूसँग टेलिफोनमा कुराकानी गरेका छन्।

उनले सञ्चार संस्थामाथि भएको आक्रमण स्वतन्त्र मिडियामाथिको आक्रमण रहेको बताए। यो घटनाले देशको लोकतान्त्रिक प्रगति र स्वतन्त्र पत्रकारिताको बाटोमा ठूलो बाधा खडा गरेको उनको भनाइ छ।

बंगलादेशमा गत अगस्तमा भएको सत्ता परिवर्तनपछि परिस्थित अझै पूर्णरूपमा शान्त हुन सकेको छैन। विद्यार्थी नेता हादीको मृत्युले बलिरहेको आगोमा घ्यु थप्ने काम गरेको छ।

नमाज पढेर निस्कने क्रममा अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएपछि विद्यार्थी र समर्थकहरूबीच आक्रोश बढेको छ। उनीहरूले यो घटनालाई अघिल्लो सरकारका बाँकी रहेका ‘एजेन्ट’हरूको षडयन्त्रका रुपमा लिएका छन्।

प्रकाशित: ४ पुष २०८२ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast